५ चैत २०८१, मंगलवार
श्री सम्बन्धित सबै, बारा। प्रस्तुत विषयमा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (SEE) कक्षा १० लाई स्वच्छ, मर्यादित र निस्पक्ष रुपमा सञ्चालन गर्नको लागि जिल्ला परीक्षा समन्वय समिति, बाराको मिति २०८१/१२/०३ को निर्णयानुसार परीक्षा केन्द्रमा विद्यार्थीको प्रवेशपत्र बाहेक मोवाइल, किताब, गाइड लगायत चिट चोरीका लागि विद्यार्थीले प्रयोग गर्ने सबै प्रकारका सामाग्रीहरु पूर्ण रुपमा निषेध गरिएको व्यहोरा अनुरोध गरिन्छ। साथै केन्द्रभित्र भेटिएको मोवाइल फिर्ता नहुने व्यहोरा समेत जानकारी गराइन्छ ।
नोटः जिल्ला परीक्षा समन्वय समितिको अध्यक्ष र शिक्षा विकास तथा समन्वय इकाइ प्रमुखले जारी गरेको परिचय पत्र भए मात्र परीक्षा केन्द्रभित्र प्रवेश गर्न दिने परिचय पत्र नभएको खण्डमा जो सुकै भएपनि परीक्षा केन्द्रभित्र प्रवेश गर्न नदिने समेत जानकारी गराइन्छ।